काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज मंगलबार दुई खेल हुँदैछन् ।
टियु क्रिकेट मैदानमा हुने खेलमा प्रदेश-१ र बागमती प्रदेशबीच खेल हुनेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
प्रदेश-१ र बागमती पहिलो जितको खोजीमा हुने छन् । पहिलो खेलमा दुबै टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
मुलपानी क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:३० मा सुरु हुनेछ ।
एपीएफ लगातार दोस्रो जितको खोजीमा हुनेछ । सुदुरपश्चिम पहिलो जितको योजनामा रहेको छ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ ।
समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ ।
समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ ।
हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्।
यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।
त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।