काठमाडौं । गण्डकी प्रदेशले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
टियु क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिम प्रदेशलाई ६९ रनले हराउँदै गण्डकीले सुखद सुरुआत गरेको हो ।
गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरपश्चिमले ३२ ओभर ४ बलमा अलआउट हुँदै १ यस ३९ रन बनाउन सक्यो।
सुदुरपश्चिमका मिलन बोहराले ५१ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै गजेन्द्र बोहराले ३५ रन जोडे । बसन्त कार्की १० रनमा आउट भए ।
गण्डकीका विपिन कार्कीले ४ विकेट लिए । सुवास भण्डारी र अभिषेक बस्नेतले २/२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन बनायो ।
गण्डकीका लागि अर्जुन कुमालले ६३ रनको अर्धशतकीय इनिङ खेले ।
समिर कँडेलले २६ रन जोड्दा विधान श्रेष्ठ र अविशेक बस्नेतले समान २५/२५ रन बनाए ।
सन्दीप क्षेत्री १९ र विपिन खत्रीले १३ रन बनाए । कमल परियार १३ रनमा अविजित रहे ।
सुदूरपश्चिमका नारायण जोशी, कैलाश एयर र शेर मल्लले २/२ विकेट लिए ।
जितसँगै गण्डकीले पहिलो खेलमै २ अंक जोडेको छ ।
गण्डकी समूह 'ए' को शीर्ष स्थानमा रहेको छ ।
सुदुरपश्चिमले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।