काठमाडौं । पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई जितका लागि २ सय ९ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा सोमबार पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन बनायो ।
गण्डकीका लागि अर्जुन कुमालले ६३ रनको अर्धशतकीय इनिङ खेले ।
समिर कँडेलले २६ रन जोड्दा विधान श्रेष्ठ र अविशेक बस्नेतले समान २५/२५ रन बनाए ।
सन्दीप क्षेत्री १९ र विपिन खत्रीले १३ रन बनाए । कमल परियार १३ रनमा अविजित रहे ।
सुदूरपश्चिमका नारायण जोशी, कैलाश एयर र शेर मल्लले २/२ विकेट लिए ।