काठमाडौं । पाकिस्तानले आक्रामक ब्याटर फखर जमानलाई १६ तारिखबाट अष्ट्रेलियामा सुरु हुने टी-ट्वान्टी विश्वकपको लागि टोलीमा समावेश गरेको छ ।
स्पिनर उस्मान कादिर चोटका कारण विश्वकप गुमाएका छन् । जमानले उस्मानको स्थानमा मौका पाएका हुन् । पाकिस्तानको मध्यक्रममा देखिएको खराब प्रदर्शन जमान टिममा समाबेश भएपछि केहि समाधान हुने अपेक्षा रहेको छ ।
ओपनर बाबर आजम र मोहम्मद रिजवानले ओपनिङमा उच्च प्रदर्शन गरि रहँदा मध्यक्रम भने चल्न सकेको छैन । पाकिस्तानले तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी पनि फखरसँगै विश्वकपको अभ्यास खेलमा उपलब्ध हुने जनाएको छ।
फखरले पाकिस्तानबाट ७१ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा १ हजार ३ सय ४९ रन बनाएका छन् । पाकिस्तानले अभ्यास खेलमा १७ अक्टोबरमा इंग्ल्यान्ड र १९ अक्टोबरमा अफगानिस्तानसँग खेल्नेछ ।
पाकिस्तानले २३ अक्टोबरमा भारतसँग खेल्दै विश्वकपमा सुरुआत गर्नेछ ।