काठमाडौं । महिला एसिया कपको फाईनलको समिकरण पूरा भएको छ ।
शनिबार हुने फाईनलमा भारत र श्रीलंकाले खेल्ने भएका छन् ।
बिहिबार सिलेट क्रिकेट मैदान बंगलादेशमा भएको दुई सेमिफाईनल खेलमा विजयी भएका भारत र श्रीलंकाले फाईनल खेल्ने भएका छन् ।
पहिलो सेमिफाईनलमा भारतले थाईल्याण्डलाई ७४ रनले पराजित गरेको थियो ।
भारतले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको थाईल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो।
दोस्रो सेमिफाईनलमा श्रीलंकाले पाकिस्तानलाई रोमान्चक रुपमा १ रनले पराजित गरेको थियो ।
श्रीलंकाले दिएको १ सय २३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय २१ रन मात्र बनाउन सक्यो ।