काठमाडौं । नेदरल्याण्डविरुद्ध खेल्दै एकदिवसीय क्रिकेटको डेब्यु खेल खेलिरहेको नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पुरा गरेको छन् ।
नेदरल्याण्डले जितको लागि दिएको १९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरिरहेको नेपालको लागि उपकप्तान ज्ञानेन्द्रले ५६ बलमा अर्धशतक पुरा गरेका हुन् । तर, ज्ञानेन्द्र ५१ रन बनाएर आउट भए ।
योसंगै ज्ञानेन्द्र अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।
यसअघि नेपाली बलर चम्किएपछि टस जितेर पहिले ब्याटिङ्ग गरेको नेदरल्याण्डले ४७ ओभर ४ बलमा अलआउट हुँदै १८९ रन बनाएको थियो ।
नेदरल्याण्डका माइकल रिप्पोनले ५१ रनको अर्धशतकीय पारी खेलेपनि उच्च योगफल तयार गर्न सकेन । उसका बास डी लिडले ३०, स्टेफेन माईबर्गले २९, बेन कुपरले २०, स्कोट एडवार्डले १८ रन जोड्दा फ्रेड क्लासेनले ११ रन जोडे ।
नेदरल्याण्डविरुद्ध नेपालका कप्तान पारस खड्काले किफायती बलिङ गरे । पारसले १० ओभर बलिङ गर्दै २६ रन खर्चेर ४ विकेट लिए । यस्तै सोमपाल कामीले ३ विकेट लिए । नेपालका सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एक एक विकेट लिए ।
नेपालले अहिले नेदरल्याण्डविरुद्ध ऐतिहासिक खेल खेलिरहेको हो । गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाटअन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएपछि नेपालले डेब्यु खेल खेलिरहेको हो ।