काठमाडौं । नेदरल्याण्डविरुद्धको एक दिवसीय अन्तराष्ट्रिय खेलमा नेपालले सय रन पार गरेको छ । १ सय ९० रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा सय रन पार गरेको छ । नेपालले २५ ओभरको समाप्तिमा सो स्कोर खडा गरेको हो ।
ओपनर ज्ञानेन्द्र मल्लले अनिल कुमार साहसंग मिलेर ५८ रनको साझेदारी गर्दै नेपालले गतिलो सुरुवात दिलाएका थिए । ५८ रनमा पहिलो विकेटको रुपमा शाहलाई गुमाएपछि नेपालको व्याटिङ लाईन धरासायी बनेको थियो ।
ज्ञानेन्द्र मल्लले अर्धशतक बनाउनु बाहेक अन्यको प्रर्दशन गतिलो रहन सकेन । शाह २१ रनमा आउट हुदाँ कप्तान पारस खड्काले १२ रनमात्र बनाउन सके । आरिफ शेख, बसन्त रेग्मी र सोमपाल कामी शुन्य रनमा पेविलियन फर्किएका छन् ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्याण्डले ४७ दशमलव ४ ओभरमा अलआउट हुदै १ सय ८९ रन बनाएको थियो ।
नेदरल्याण्डका माइकल रिप्पोनले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए। यस्तै बास डी लिडले ३०, स्टेफेन माईबर्गले २९, बेन कुपरले २०, स्कोट एडवार्डले १८ रन जोड्दा फ्रेड क्लासेनले ११ रन बनाए ।
नेदरल्याण्डविरुद्ध नेपालका कप्तान पारस खड्काले किफायती बलिङ गरे । पारसले १० ओभर बलिङ गर्दै २६ रन खर्चेर ४ विकेट लिए । यस्तै सोमपाल कामीले ३ विकेट लिए । नेपालका सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एक एक विकेट लिए ।