काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गरिरहेको छ । कतारविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।
दोस्रो विकेटको रुपमा नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल २३ रन बनाएर आउट भएका छन् ।
यसअघि कप्तान पारस २८ रनमा आउट भएका थिए ।
नेपालले ९ ओभरको खेल सकिदा २ विकेट गुमाएर ६१ रन बनाएको छ ।