काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गरिरहेको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गरिरहेको छ । कतारविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालका कप्तान पारस खड्का २८ रन बनाएर आउट भएका छन् ।
नेपालले ६ ओभरको खेल सकिदा १ विकेट गुमाएर ४९ रन जोडेको छ । क्रिजमा ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर रहेका छन् ।