काठमाडौं । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको पहिलो खेलमा नेपालले अहिले कतारसँग प्रतिस्पर्धा गर्दैछ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कतारले सुरुवातमा बलिङ गर्दैछ ।
नेपालको ओपनिङ जोडीको रुपमा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा आएका छन् ।
आज उपाधि दाबेदार नेपाल कतारलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ ।
आईसीसी वरियता हेर्दा नेपालले कतारलाई सहजै हराउने देखिएको छ । तर, कतारविरुद्ध नेपाल शतर्क भएर खेल्नेछ । किनकि कतार नेपालविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको पहिलो खेलमा कतार सिंगापुरसँग पराजित भएको छ ।
आईसीसीको एकदिवसीय मान्यता प्राप्त राष्ट्र नेपाल प्रतियोगिताकै शीर्ष वरियता प्राप्त राष्ट्र हो । नेपाल आईसीसीको टी-ट्वान्टी वरियताको ११ औं स्थानमा रहेको छ । कतार भने २१ औं स्थानमा छ ।
नेपाल र कतारबीच हालसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमा ४ एकदिवसीय र २ टी- ट्वान्टी खेल रहेको छ ।
४ एकदिवसीयमा ३ पटक नेपालले जितेको छ भने कतारले १ खेलमा जित निकालेको छ । यस्तै टी-ट्वान्टीमा नेपालले १ र कतारले १ खेल जितेको छ ।
नेपाली टिम :
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल
शरद भेषवाकर
सोमपाल कामी
दिपेन्द्र सिंह ऐरी
सन्दीप लामिछाने
करण केसी
विनोद भण्डारी
अविनास बोहोरा
बसन्त रेग्मी
ललित नारायण राजवंशी