एजेन्सी । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्याण्ड र न्युजिल्याण्डबीचको उपाधि भिडन्त सुपर ओभरमा गएको छ ।
लण्डनमा न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछाएको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २४१ रन जोडेपछि खेल सुपर ओभरमा गएको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको थियो ।
न्युजिल्याण्डको लागि हेनरी निकोलसले अर्धशतकीय इनिङ्स खेले । उनले ७७ बलमा ४ चौकासहित ५५ रन बनाए ।
यस्तै टम लाथम ४७ रनमा आउट हुँदा कप्तान केन विलियम्सन ३० रनमा आउट भए । मार्टिन गुप्टिल र जेम्स निशमले १९/१९ रन जोड्दा कोलिन डी ग्रान्डहोमले १६ रन जोडे ।
इंग्ल्याण्डका क्रिस वोक्स र लियाम प्लुन्केटले समान ३/३ विकेट लिए ।