एजेन्सी । माडागास्कर इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्सको अन्तिम आठमा प्रवेश गरेको छ ।
आइतबार राति भएको अन्तिम १६ को खेलमा कंगोलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै माडागास्कर अन्तिम आठमा पुगेको हो ।
खेलको निर्धारित र अतिरिक्त समय २-२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।पेनाल्टीमा माडागास्कर सफल भयो ।
पेनाल्टीमा माडागास्करका इब्राहिम आमन्डा, रोमेन,थोमस र जेरोमीले गोल गरे । कंगोका सेड्रिक र पाउल जोसेले मात्र गोल गरे । कंगोका दुई खेलाडी पेनाल्टीमा चुकेका थिए ।
पेनाल्टीअघि माडागास्करका इब्राहिम र फानिभाले एक एक गोल गरेका थिए । कंगोका सेड्रिक र चान्सलले एक एक गोल फर्काएका थिए ।