काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
थ्री स्टार १० खेलबाट २३ अंक सहित तेस्रो स्थानमा छ । पुलिसलाई हराउँदै दोस्रो स्थानमा उक्लिने अवसर ललितपुरे क्लबलाई प्राप्त छ । पुलिस १५ अंक सहित सातौ स्थानमा छ ।