काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले सीएमजी संकटा क्लब र सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा मनाङले सुरुवाती अग्रता बनाएको छ । पहिलो हाफ सकिदा मनाङले १ - ० को अग्रता बनाएको हो ।
पहिलो हाफको इन्जुरी समयमा मनाङका विशाल राईको कर्नर बल संकटाका किपर राजा बाबुले पन्च गरेर क्लियर गर्दा सिधै गोल पोस्टमा छिरेको थियो ।
त्यसअघि खेलमा मनाङले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । खेलको ९ औं मिनेटमा कमल श्रेष्ठले डिबक्स नजिकैबाट प्रहार गरेकाे फ्रिकिक पाेस्टमा लागेर बाहिरिएको थियो ।
खेलको १४ औं मिनेटमा हेमन गुरूङले लामो दुरीबाट प्रहार गरेको बल पाेस्टमा लागेर फर्कियाे । यस्तै ३३ औं मिनेटमा कमलकाे क्रसमा अाेलावाले अफिजको हेड पाेस्ट नजिकैबाट बाहिरियाे ।
दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
लिगको शीर्ष स्थानको मनाङ संकटालाई हराएर उपाधि जित्ने लक्ष्यमा हुनेछ । संकटालाई हराए मनाङ दुई खेल बाँकी रहदै च्याम्पियन बन्नेछ ।
संकटा मनाङलाई हराएर उपाधि होड खुल्ला गर्न चाहन्छ ।
मनाङ १० खेलबाट ३० अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको संकटाको २५ अंक छ ।