काठमाडौं । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले सीएमजी संकटा क्लब र सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्समा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
लिगको शीर्ष स्थानको मनाङ संकटालाई हराएर उपाधि जित्ने लक्ष्यमा हुनेछ । संकटालाई हराए मनाङ दुई खेल बाँकी रहदै च्याम्पियन बन्नेछ ।
संकटा मनाङलाई हराएर उपाधि होड खुल्ला गर्न चाहन्छ ।
मनाङ १० खेलबाट ३० अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको संकटाको २५ अंक छ ।