काठमाडौँ । पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत अहिले एनआरटी र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एपीएफको हलचोक मैदानमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
तालिकाको पुछारमा रहेको एनआरटीलाई फ्रेन्ड्सविरुद्व जित निकाल्दै तालिकामा सुधार गर्ने अवसर प्राप्त छ । सोही लक्ष्य ललितपुरे क्लब फ्रेन्ड्सले समेत बोेकेको छ ।
दुवै टोली पछिल्लो खेलमा प्राप्त जितको नतिजाले उत्साहित छन् । अघिल्लो खेलमा एनआरटीले जावलाखेल र फ्रेन्ड्सले हिमालयन शेर्पालाई पराजित गरेको थियो । फ्रेन्ड्स ८ अंक सहित तालिकाको एघारौ स्थानमा रहदाँ एनआरटी ४ अंक सहित तालिकाको पुछारमा छ ।