काठमाडौं । भलिबलकी राष्ट्रिय खेलाडी रेश्मा भण्डारीले 'एनएसजेएफ पिपल्स च्वाइस अवार्ड' जितेकी छिन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड- २०७५ मा सर्वाधिक मत प्राप्त गर्दै रेश्माले पिपल्स च्वाइस अवार्ड जितेकी हुन् ।
यस विधामा रेश्मासँगै क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा रहेका छन् ।
एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस अवार्डको विजेता चयन गरिएको हो ।
अवार्डसंगै रेश्माले बजाजको पल्सर मोटरसाइकलसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन् । उनले केल्मी, गोल्डस्टार, ताइक्मेस, डीस मिडिया नेटवर्क, न्यु होराइजन कार्पेटबाट गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
रेश्माको सफकता
–एपीएफ क्लबले बर्षमा १० उपाधि जित्दा विशेष भूमिका खेल्ने एपीएफ र राष्ट्रिय टोलीकी मुख्य खेलाडी।
छैटौं आइजिपि कप राष्ट्रिय खुला भलिबलको उपाधि सहित मोस्ट भ्यालुएवल खेलाडी
–केएनपी शेरबहादुर खड्का विशेष अवार्डबाट सम्मानित खेलाडी।
खेल संगै सुन्दरताको पनि उतिकै चर्चा