काठमाडौं । दोस्रो संस्करणको नेपाल ई स्पोर्ट्स च्याम्पियनसिप तथा एक्स्पो आगामी भदौमा आयोजना हुने भएको छ ।
नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले बिहिबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप भदौ २० र २१ गते हुने जानकारी गराएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा हुने च्याम्पियनसिपमा डोटा–२ र काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस–गो) खेलमा प्रतिस्पर्धा हुनेछ । डोटा–२ र काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस–गो) खेलका ५ खेलाडी सम्मिलित टोलीले दर्ता शुल्क ५ हजार तिर्नुपर्नेछ ।
यसपटकको डोटा च्याम्पियनले ११ औं विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न पाउने छन् । विश्व च्याम्पियनसिप सन्२०१९ डिसेम्बर ११ देखि १५ सम्म दक्षिण कोरियाको सोलमा हुनेछ ।
यसबाहेक ई–स्पोर्ट्स च्याम्पियनसिपमा एकल विधातर्फ फुटबल खेलको प्रसिद्ध खेल 'फिफा’ मा पनि प्रतिस्पर्धा पनि हुनेछ ।
यसका लागि खेलाडीले १ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ ।
च्याम्पियनसिपमा करिब ८ सय खेलाडीले सहभागिता जनाउने बताईएको छ । सबै विधाका विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् । पुरस्कार राशिको घोषणा भने केहि दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
च्याम्पियनसिपको दौरान ई–स्पोर्ट्स एक्स्पो पनि आयोजना हुने आयोजकले जनाएको छ । नेपालमा
ई–स्पोर्ट्सको व्यापार र यसको विस्तारमा रहेका सम्भावनालाई जनमानसमा पुर्याउने लक्ष्य लिएर यो एक्स्पो आयोजना गर्ने
लागिएको जनाइएको छ ।