काठमाडौं । नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्षमा मनोनित कुमारराज सुवेदीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
राजधानीमा बुधवार भएको कार्यक्रममा संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सुवेदीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
सुवेदीले नेपालको राष्ट्रिय खेलको मान्यता पाएको भलिबलको विकास विस्तारका लागि आफू दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
संघका अध्यक्ष शर्मा तथा महासचिव जितेन्द्रबहादुर चन्दले सुवेदीलाई संघमा स्वागत गर्दै उनको आगमनले भलिबल प्रेमीहरु उत्साहित भएको धारणा राखे ।
सोही अवसरमा आगामी साउन ३२ देखि नेपालमा हुने एसियन सेन्ट्रल जोन भलिबल
प्रतियोगिताका लागि ढोरपाटन स्र्पोट्स क्लबको तर्फबाट १ लाख रुपैयाको चेक भलिबल संघलाई हस्तान्तरण गरियो ।
भदौ ८ सम्म चल्ने प्रतियोगिताको लागत २ करोड ५७ लाख रुपैया रहेको नेपाल भलिबल संघले जनाएको छ ।