काठमाडौं । नेपाली खेलकुदकै प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत चारवटा विधातर्फको मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार वर्षको उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।
मञ्चले गठन गरेको खेलाडी छनोट समितिले सार्वजनिक गरेको वर्षको उत्कृष्ट युवा खेलाडी विधामा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जली योञ्जन र कराँतेका विजय श्रेष्ठ मनोनयनमा परेका छन् ।
मनोनयनमा पर्ने खेलाडीको विजेता घोषणा कमलादीस्थित प्रज्ञा भवनमा असार १७ गते आयोजना हुने अवार्ड कार्यक्रममै गरिनेछ ।
मनोनयनमा पर्ने पाँच खेलाडीले बिस् २०७५ सालमा के के सफलता पाए ? उनीहरुले देशका लागि कस्तो योगदान गरे ?
खेलाडीको नाम र सफलतासहित :
अजित कुमार यादव (एथलेटिक्स)
–राष्ट्रिपति रनिङ शिल्डमा ३००० मिटर र १५०० मिटर दौडमा स्वर्ण
–तेस्रो एसिएन युथ एथलेटिक्स च्याम्पियनसिप हङकङ ३००० मिटरमा (८.३०.३२) को किर्तिमानी स्वर्ण
–२३औं एसिएन एथलेटिक्स च्याम्पियनसिप कतार राष्ट्रि«य किर्तिमानमा सुधार
–काठमाडौं म्याराथन ५ किमी खुला रोड रेसमा स्वर्ण
–बन्दीपुर रोड रेस ८ किमीमा स्वर्ण
–मदनभण्डारी रोडे रेस ५ किमिमा स्वर्ण
प्रिन्स दाहाल (ब्याडमिन्टन)
–दुबई जुनियर ईन्टरनेशनल सिरिजको यू– १५ मा स्वर्ण पदक
फाइनलमा इन्डोनेसियाका क्रिस्टियन अगस्टिनसलाई २–० को सेटमा हराउँदै किर्तिमान
–उमेर समुहमा नेपाली ब्याडमिन्टनलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाडी
–प्रेसिडेन्टस कप जुनियर ईन्टरनेशनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू–१५ र यू–१९ मा स्वर्ण पदक
–साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू–२१ तर्फ मेन्स डबल्समा रजत पदक
–अन्नपूर्ण ईन्टरनेशनल ब्याडमिन्टनमा यू–१९ मा स्वर्ण र मेन्स सिंगल्समा रजत
–जेष्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू–१५ मा स्वर्ण र मेन्स सिगल्समा कांस्य
–आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू– १७ मा स्वर्ण
–प्रथम दुर्गा देवी अन्तर्राष्ट्रिय आमन्त्रण ब्याडमिन्टन मेन्स सिंगल्समा स्वर्ण
–१५औं कृष्ण मोहन स्मृति राष्ट्रिय प्रतियोगिताको यू–१७ मा स्वर्ण र मेन्स सिंगल्समा रजत
मन्जली कुमारी योन्जन (फुटबल)
–साफ महिला च्याम्पियनसिप उपविजेता
–हिरो गोल्डकप २०१९ उपविजेता
–२०२० ओलम्पिक छनोट एसिया क्षेत्र (पहिलो चरण पार गरेर दोस्रो चरण प्रवेश)
–साफ यू–१८ च्याम्पियनसिप उपविजेता
–एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा दोस्रो चरण प्रवेश
ललितनारायण राजवंशी (क्रिकेट)
– उत्कृष्ट बलिङ गर्दै राष्ट्रिय क्रिकेट टोलीमा नियमित रुपमा स्थान बनाउन सफल
– आईसीसी टी–२० बिश्वकप एसिया रिजनल क्वालिफायर बी मा कूल ११ विकेट लिने खेलाडी
– मलेसियामा भएको एसीसी एसिया कप क्वालिफायरमा किफायती बलिङ गर्दै तीन विकेट लिन सफल
– युएईलाई टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा पराजित गर्दा निर्णायक खेलमा दुई विकेट लिन सफल
– प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीयमा ६ विकेट लिने बायाँ हाते स्पिनर
विजय श्रेष्ठ (कराँते)
–१५औँ एसियन प्यासिफिक सितेरियो कराँते च्याम्पियपिमा ५५ केजीमा स्वर्ण विजेता
–पहिलो राउन्डमा बाई पाएका उनले हङकङ, चीन र श्रीलंकाका खेलाडीलाई हराएर स्वर्ण
–टोकियोमा भएको नवौँ अन्तर्राष्ट्रिय सितेरियो कराँते प्रतियोगितामा ६० केजी मुनि कांस्य
–पहिलो चरणमा चीन , दोस्रो चरणमा हङकङका खेलाडीलाई हराएपछि सेमिफाइनलमा काजकस्तानका खेलाडीसँग पराजित । यद्यपि तेस्रो स्थानमा लागि भएको खेलमा आइभरिकोस्टका खेलाडीलाई जितेर पदक जित्न सफल ।