काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले छैटौं महिला तथा सातौं पुरुष राष्ट्रिय विच भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पुरुषतर्फ आर्मी र महिलातर्फ एपीएफ च्यापियन बनेका हुन् ।
फेवातालको किनारमा सोमबार भएको पुरुषतर्फको फाइनलमा आर्मीको 'ए' टिमले गण्डकी 'बी' टिमलाई ३-१ को सेटमा पराजित गर्यो । निकै प्रतिस्पर्धात्मक बनेको फाइनलमा मानबहादुर श्रेष्ठ र दिल सुनुवार रहेको आर्मीले राजु विक र अनिल मगर रहेको गण्डकीलाई २१-१६,१८-२१ र १८-१६ को सेटमा पराजित गर्यो ।
पुरुषतर्फ नेपाल पुलिसको 'ए' टिमलाई पराजित गर्दै गण्डकी 'ए' ले तेस्रो स्थान हासिल गर्यो ।
महिलातर्फ बिनिता बुढाथाेकी र नेविका चाैधरी रहेको एपीएफ 'ए' ले काेपिला उप्रेती र निता कुमारी शाह रहेको पुलिस 'ए' लाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पार्यो । फाइनलमा एपीएफले पुलिसलाई २१-१३ र २१ -१३ को सेटमा हरायो । महिलातर्फ पुलिसको 'बी' टिम तेस्रो भयो ।
उपाधि बिजेता महिला र पुरुष टिमले समान ३० हजार प्राप्त गरे । यस्तै उपविजेताले समान २० हजार र तेस्रोले समान १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा पुरुषतर्फ आर्मीका दिल सुनुवार र महिलातर्फ एपीएफकी बिनिता बुढाथोकी उत्कृष्ट खेलाडी चुनिए । दुवैले समान ३/३ हजार प्राप्त गरे ।
नेपाल भलिबल संघको आयोजना र कास्की जिल्ला भलिबल संघको व्यवस्थापनमा भएको प्रतियोगितामा ४० टोलीले प्रतिस्पर्धा गरेका थिए ।