काठमाडौं । कोपिला उप्रेती र निता शाहको जोडी छैटौं राष्ट्रिय बिच भलिबल प्रतियोगितामा महिलातर्फ उपाधि नजिक पुगेका छन् ।
आईतवार भएको सेमिफाईनल खेलमा पुलिसका कोपिला र निताको जोडीले आर्मीका मनिसा खाँड र पुष्पाको जोडीलाई २१–११ र २१–८ को सोझो सेटमा हराएका हुन् ।
दोश्रो सेमिफाईनल खेल भने पुलिसका मनिषा चौधरी र पुष्पा चौधरीको जोडी र एपीएफका बिनिता बुढाथोकी र नेबिका चौधरीबीचको खेल प्रोटेस्टका कारण स्थगित भएको छ ।
क्वाटरफाईनल खेलमा मनिषा र पुष्पाले एपीएफकी शशि चौधरी र पुजा चौधरीको जोडीलाई २१–१३ र २१–१२ तथा बिनिता र नेबिकाको जोडिले प्रदेश ५ का भावना डाँगी र शर्मिला नेपालीको जोडिलाई २१–१४ र २१–६ को सोझो सेटमा हराएर सेमिफाईनल प्रवेश गरेका थिए ।