नुवाकोट । विभागीय टिम एपीएफ क्लबले नुवाकोटमा भएको प्रथम उप-मेयर कप रााष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
विदुर नगरपालिका काेलाेनीमा सोमबार भएको फाइनलमा होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमीलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । उपाधि जित्ने क्रममा एपीएफले न्यु डायमन्डलाई २५-२१,२५-२० र २५-१२ को सेटमा पाखा लगायो ।
उपाधिसंगै एपीएफले १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेता बनेको न्यु डायमन्डले ७५ हजार प्राप्त गर्यो ।
तेस्रो भएको आर्मीले ४० हजार प्राप्त गर्यो । आर्मी नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो भएको हो ।