बिहिबार, २८ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

मोफसलका गोल्डकपको मापदण्ड तयार

सोमबार, ०२ असार २०७६खेलपाटी संवाददाता
मोफसलका गोल्डकपको मापदण्ड तयार
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलमा सञ्चालन हुने फुटबल प्रतियोगिताको वर्गिकरण मापदण्ड तयार गरेको छ । मोफसलका प्रतियोगितालाई थप व्यवस्थित बनाउन भन्दै एन्फाले स्तर निर्धारण समिति गठन गरेर प्रीतयोगिाको वर्गिकरण समेत गरेको छ ।

स्तर निर्धारण समितिले मोफसलमा नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएका आयोजकको सुझावका आधारमा प्रतियोगिता वर्गिकरणको मापदण्ड तयार गरेको हो ।

समितिले प्रतियोगिता हुने स्थान, खेल मैदानको अवस्था, सुरक्षा व्यवस्था, सहभागी टिमको संख्या, सहभागी टिमको स्तर, बिदेशी टिमको सहभागीता, प्राविधिक जनशक्तिको प्रयोग, प्रतियोगिता व्यवस्थापन, पुरस्कार राशी, मेडिकल सुविधा, प्रतियोगिताको निश्पक्षता, ईमान्दारीता र पारदर्शीताका आधारमा मोफसलका प्रतियोगितालाई तीन तहमा वर्गिकरण गरेको छ ।

एन्फाले तोकेको मापदण्ड अनुसार प्रतियोगिता आयोजना गर्न रंगशाला वा स्तरीय खेल मैदान व्यवस्थीत तरिकाले तारवार गरि न्युनतम एक हजार दर्शक क्षमताको स्थायी वा अस्थायी प्याराफिट हुनुपर्ने छ ।

सुरक्षाको दृष्टिकोणले मैदानमा व्यवस्थित तवरले तारवार जाली राखी घाँसे मैदान वा आर्टिफिसियल टफ मैदानमा मात्र प्रतियोगिता खेलाउन पाईनेछ ।

यस्तै, 'क' वर्गको प्रतियोगिता हुन कम्तिमा १० वटा टिमको सहभागीता हुनुपर्ने र जसमा कम्तिमा ६ वटा ए डिभिजन क्लब, दुई विदेशी क्लब र जिल्लामा दर्ता भएको टिम हुनुपर्ने मापदण्ड तोकिएको छ ।

'ख' वर्गको प्रतियोगिता हुन कम्तिमा १० वटा टिमको सहभागीता हुनुपर्ने र जसमा कम्तीमा ६ वटा ए डिभिजन क्लब, एक विदेशी क्लब र जिल्लामा दर्ता भएको टिम हुनुपर्ने उल्लेख छ ।

यस्तै, 'ग' वर्गको प्रतियोगिता हुन कम्तीमा ८ वटा टिम सहभागी हुनुपर्ने, कम्तीमा ४ ए डिभिजन मान्यता क्लब हुनुपर्ने र जिल्लामा दर्ता भएका क्लब र टिम हुनुपर्ने मापदण्ड तोकिएको छ ।

यस्तै प्रतियोगितामा आवश्यक प्राविधिक जनशक्ति एन्फाको प्रतियोगिता समितिको सिफारिसमा संघले मनोनयन मापदण्ड वर्गिकरण मस्यौदामा उल्लेख छ ।
अब आयोजकले एन्फाबाट प्रतियोगिता नियमावली स्विकृत गराई संघमा दर्ता भएका खेलाडी मात्र गोल्डकपमा खेलाउन पाउनेछन् ।

प्रतियोगिता सञ्चालन गर्दा सम्बन्धित जिल्ला फुटबल संघमा दर्ता शुल्क वापत 'क' वर्गको प्रतियोगिताका लागि २५ हजार, 'ख' वर्गका लागि १५ हजार र 'ग' वर्गका लागि १० हजार रुपैयाँ तिर्नुपर्नेछ ।

एन्फाले अब प्रतियोगितामा लाईसेन्स प्राप्त प्रशिक्षकको प्राविधिक समुहको व्यवस्था समेत अनिवार्य गरेको छ ।

यस्तै प्रतियोगितामा सहभागी टिमलाई आवश्यक प्रशिक्षण खेल मैदान, सुरक्षा, चेन्जिङ रुम, प्लेयर बक्स, औषधि उपचारको व्यवस्था, एम्बुलेन्सको व्यवस्था, खेलाडी र अफिसियलको वीमा व्यवस्था र दर्शकका लागि व्यवस्थित ट्वाईलेटको ब्यवस्था अनिवार्य गरिएको छ ।

यस्तै सहभागी टिमलाई आयोजकले यातायात व्यवस्था सहित थप १० हजार उपलब्ध गराउनुपर्नेछ । सहभागी टिमका लागि प्रतियोगिताको दिन र प्रशिक्षणको दिन यातायात सुविधा आयोजकले अनिवार्य रुपमा व्यवस्था गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।

यस्तै 'क' वर्गको प्रतियोगिताकालागि २२ खेलाडी सहित २७ जनालाई आयोजकले खाना, खाजा र बसोबासको व्यवस्था गर्नुपर्नेछ ।

'ख' वर्गका लागि २० खेलाडी सहित २५ जना र 'ग' वर्गका लागि १८ जना खेलाडी सहित २३ जनालाई सेवा सुविधा आयोजकले उपलब्ध गराउनुपर्नेछ ।

त्यस्तै, 'क' वर्गको प्रतियोगिताको पुरस्कार राशी कम्तीमा दश लाख, ख वर्गको कम्तिमा ८ लाख र ग वर्गको कम्तिमा ६ लाख रुपैयाँ माथि हुनुपर्ने निर्धारण गरिएको छ ।

'क' वर्गको प्रतियोगिता आयोजकले खेलाडी र अफिसियललाई दैनिक भत्ता वापत कम्तीमा १५ सय, 'ख' वर्गले कम्तिमा १३ सय र 'ग' वर्गको प्रतियोगिता आयोजकले कम्तिमा ११ सय रुपैयाँ उपलब्ध गराउनुपर्नेछ ।

सहभागी टिमले पाउने म्याच मनीको बिषयमा क्लब र आयोजकबीच सम्झौता हुनुपर्ने र टिम ईन्ट्री अगावै सेवा र सुविधा सम्बन्धि पत्र क्लबलाई उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

यस्तै, रेफ्री र रेफ्री एसेसर तथा म्याच कमिस्नरको भत्ता एन्फाको नियमानुसार उपलब्ध गराउनुपर्ने प्रावधान समेत समावेश गरिएको छ ।

प्रतियोगिताको म्याच रिपोर्ट, आर्थिक प्रतिवेदन प्रतियोगिता सकिएको २ महिना भित्र एन्फामा बुझाउनुपर्ने नियम बनाईएको छ ।

पाँचौ संस्करण सम्पन्न भएको प्रतियोगितालाई 'क' वर्ग, तेस्रो संस्करण सकिएको प्रतियोगितालाई 'ख' वर्ग र अन्य प्रतियोगितालाई 'ग' वर्गमा वर्गिकरण गरिएको छ ।

प्रतियोगिता नियमित र व्यवस्थित तरिकाले सञ्चालन भए नभएको अनुगमन गरी मुल्याङ्कनका आधारमा वर्गिकरण तलमाथि हुने एन्फाले जनाएको छ । नयाँ नियम अनुसार अब एक क्लबले महिनामा बढीमा तीन वटा मात्र प्रतियोगिता खेल्न पाउनेछन् ।

समितिले तयार गरेको प्रतिवेदनलाई एन्फाको कार्यसमिति बैठकले समेत पारित गरेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेप उपाध्यक्ष र बोर्ड सदस्यको स्वागत

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

राखेपको उपाध्यक्षमा पूर्वगोलकिपर विशाल नियुक्त

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुद्धिचाल महासंघका अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव दर्ता

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

एभरेस्ट महिला भलिबल लिगमा थपियो सुदूरपश्चिमको टोली

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

दीपेन्द्रलाई आयशाको शुभकामना– माई म्यान अफ द म्याच फर लाइफ

 मेस्सीले दिए सन्न्यासको संकेत

मेस्सीले दिए सन्न्यासको संकेत

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

नेदरल्यान्ड्सले पायो ५० वर्षपछि विदेशी प्रशिक्षक

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

मेसी मैदानमा फर्किएको खेलमा मियामी पराजित

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

खराब समयमा मेसीको साथमा उभिए रोनाल्डो

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि

पीएसजीले रक्षा गर्‍यो सुपर कपको उपाधि