काठमाडौं । चौंथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका भैरव बम सर्वोकृष्ट खेलाडी घोषित भएका छन् ।
आर्मीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका भैरव सर्वोकृष्ट घोषित भएका हुन् । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सोमबार भएको फाइनलमा आर्मीले गण्डकीलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेसंगै भैरवले पल्सर मोटरसाइकल प्राप्त गरे ।
यस्तै प्रतियोगिताको व्यक्तिगत विधामा पनि आर्मीका खेलाडीको वर्चश्व रह्यो । प्रतियोगिताको उत्कृष्ट सर्भर पुलिसका कुल बहादुर थापा, लिफ्टर आर्मीका दुर्गा प्रसाद महतो र डिफेन्डरमा आर्मीका ईश्वर थापा चुनिए ।
त्यस्तै ब्लकरमा आर्मीका हरि अधिकारी, स्पाइकरमा गण्डकीका यम क्षेत्री र उत्कृष्ट प्रशिक्षक आर्मी कै कपिल किशोर श्रेष्ठ चुनिए ।
व्यक्तिगत विधामा उत्कृष्ट हुनेले जनही १०/१० हजार प्राप्त गरे ।
खेलकाे पुरा भिडियाे तल छ ।