काठमाडौं । थ्री स्टार एकेडमी बुढानिलकण्ठले प्रथम एन्जल्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
बुधबार भएको फाइनलमा न्युटन हाइ स्कुल बालुवाटारलाई ३–१ को सेटमा पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो ।
नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा थ्री स्टारले न्युटनमाथि २५–२२, २५–१७, २२–२५ र २५–१९ को जित निअक्ल्दै उपाधि हात पार्यो ।
उपाधिसंगै थ्री स्टारले १ लाख रुपैया हात पार्यो । दोस्रो भएको न्युटनले ५० हजार रुपैयामा चिक्त बुझायो ।
स्पाइरल ग्यालेक्सी स्कुल पोखराले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव)लाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हात पार्यो । स्पाइरलले २५–१८ २५–२१, २२–२५ र २५–१९ को जित निकाल्यो । तेस्रो भएको ग्यालेक्सीले २५ हजार तथा चौथो भएको सेवले १५ हजार रुपैया पायो ।
प्रतियोगितामा थ्री स्टारका बिशाल गुरुङ सर्वाेत्कृष्ट खेलाडी चुनिए । उनले एक थान टिभीएस मोटरसाइकल हात पारे ।
व्यक्तिगत विधातर्फ स्प्रिङडेलका दुर्गा सुनार बेस्ट स्पाइकर, न्युटनका सुजन विके सेटर, स्पाइरलका अशोक सुनार सर्भर, थ्री स्टारका किरण चौधरी ब्लकर, न्युटनका डोल बहादुर थापामगर डिफेन्स र थ्री स्टारका राजन दर्लामी मगर उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले समान ५–५ हजार रुपैया पाए ।
एन्जल्स स्पोर्टस् एकेडेमी एण्ड रिक्रिएसन सेन्टरको आयोजनामा भएको प्रतियोगितामा ५३ विद्यालयले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।