काठमाडौं । प्रदेश नम्बर १ ले चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा बुधबार सुदूरपश्चिम प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै प्रदेश १ ले दोस्रो जित निकालेको हो । प्रदेश १ ले सुदूरपश्चिमलाई २५–२२, २५–१४, १४–२५ र २५–१३ ले पराजित गर्याे ।
जितसंगै समूह 'क' को प्रदेश १ ले ३ खेलबाट ६ अंक जोडेको छ । सुदूरपश्चिमले ३ खेलमा जित निकाल्न सकेको छैन ।
यस समूहमा त्रिभुवन आर्मी क्लब ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै एपीएफ ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस्तै बुधबार भएको अर्को खेलमा प्रदेश नम्बर ५ ले प्रदेश नम्बर ३ लाई ३-२ को सेटमा पराजित गर्यो । प्रदेश ५ ले प्रदेश ३ माथि २५–१८, २५–१५, २३–२५, २०–१५ र १५–९ को सेटमा जित निकाल्यो ।
समूह 'ख' मा रहेको प्रदेश ५ को यो पहिलो जित हो । प्रदेश ५ ले ३ खेलबाट ३ अंक जोडेको छ । प्रदेश ३ को पनि ३ खेलबाट ६ अंक रहेको छ ।
यस समूहमा गण्डकी ९ अंकसहित शीर्ष स्थानमा रहदा पुलिस ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।