काठमाडौँ । नेपाल भलिबल संघले राष्ट्रिय वाणिज्य बैंकसंगको मुख्य प्रायोजन सम्झौतामा नवीकरण गरेको छ ।
संघले थप दुई वर्षको लागि बैंकसंगको प्रायोजन सम्झौतामा नविकरण गरेको हो । संघ र बैंकबीच बुधबार सम्झौता नवीकरणमा हस्ताक्षर भएको छ ।
संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा र बैंकका कार्यकारी प्रमुख किरण कुमार श्रेष्ठले एक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै बैंकले संघलाई २४ लाख उपलब्ध गराउने छ ।
संघले आयोजना गर्ने राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपका लागि बैंकले दुई वर्षअघि प्रायोजन गरेको थियो ।
प्रायोजनपछि संघले दुई संस्करणको आरआरबी-एनभिए राष्ट्रिय क्लब लिग प्रतियोगिता आयोजना गरिसकेको छ । सम्झौता नवीकरणसंगै अब क्लबले थप दुई वर्ष आरआरबी-एनभिए राष्ट्रिय क्लब लिग आयोजना गर्नेछ ।