काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान विनिता बुढाथोकी राष्ट्रिय टोलीबाट बाहिरिएकी छिन् ।
नेपाल भलिबल संघले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि बोलाएको प्रारम्भिक टोलीमा कप्तान विनिता नपरेकी हुन् । कप्तान विनितासंगै उपकप्तान मन्जु गुरुङ पनि टिमबाट बाहिरिएकी छिन् ।
भलिबल संघले क्लोज क्याम्पका लागि बोलाएको २५ सदस्सीय प्रारम्भिक टोलीमा अन्य चर्चित अनुहार पनि परेका छैनन् । प्रारम्भिक टोलीमा कोपिला उप्रेती, नेबिका चौधरी र कृपा अधिकारी पनि अटाएनन् ।
यस्तै पुरुषतर्फ स्पाइकर मान बहादुर श्रेष्ठ टिममा परेका छैनन् । आर्मीको कप्तान समेत रहेका मानले आठौं राष्ट्रिय खेलकुद खेलेका थिएनन् । उनि आफ्नै क्लबको कारबाहीमा परेका थिए ।
संघले आठौं राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनको आधारमा खेलाडी छनोट गरेको जनाएको छ । खेलाडी छनोटका लागि संघले ५ सदसीय कमिटि गठन गरेको थियो ।
प्रारम्भिक टोली महिला :
सरस्वती चौधरी, रेश्मा भण्डारी,प्रतिभा माली,अरुणा शाही,निरुता ठगुन्ना, उषा भण्डारी,शान्ति थारु, लक्ष्मी कुमाल,पुष्पा शाही,आरती सुवेदी,सुनिता खड्का,पुनम चन्द,सोफिय पुन,कविता भट्ट, हिरा केसी,
उषा विष्ट,कमला पुन, चन्द्रकला खरेल,संगम महतो,शान्ति तामाङ,सलिना श्रेष्ठ,यामकली कुँवर,ममता डगौरा,जानकी भण्डारी, सरस्वती कट्टेल
प्रारम्भिक टोली पुरुष :
ईम बहादुर राना मगर, कुलबहादुर थापा,द्वारिका थापा, दिपक राज जोशी,धनबहादुर भट्ट,विशाल विक,राजेन्द्र विष्ट, योगेन्द्र गुरुङ, टेकराज अवस्थी, दुर्गाबहादुर सुनार, सारान समरी,हरिबहादुर अधिकारी,दुर्गा खड्का,भैरव बम, सुरेन्द्र बम,नरेन्द्र गिरी,राजु शेरचन,भिम गाहा, इश्वर थापा मगर,राजकुमार निरौला,रविन चन्द,हरिहजुर थापा,दुर्गा महतो,सुजन चोखाल,विनोद बहादुर चन्द