काठमाडौं । दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिताको उपाधिका लागि न्यु डायमण्ड एकेडेमी र पारामाउण्ट भिड्ने भएका छन् ।
शनिबार बिहान भएको खेलमा थ्री स्टार एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै पारामाउण्टले न्यु डायमण्डसंग उपाधि भिडन्त पक्का गरेको हो ।
फाइनल खेल दिउँसाे २ बजे सुरु हुनेछ ।
सोझो सेटमा जित निकाल्ने क्रममा पारामाउण्टले थ्री स्टारलाई २५–१८, २५–१२, २५–१६ को सेटमा जित निकाल्यो ।
शुक्रबार साँझको खेल खराब प्रकाशको कारण स्थगित भएको थियो । खेलमा पारामाउण्ट २५–१९, २५–१४ र २०–२५ ले अगाडी थियो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमी चन्द्रागिरी नगर कमिटिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले नगद ६० हजार हात पार्नेछन् भने उपविजेताले ३० हजार पाउनेछन्। यस्तै तेस्रोले १५ तथा चौथोले १० हजार हात पार्नेछन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय र विधागत उत्कृष्टहरुले समान १र१ हजार पाउने छन् ।