काठमाडौं । न्यु डायमण्डले प्रथम प्यारामाउण्ट कप बिद्यालय स्तरिय छात्रा भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
शनिबार भएको फाईनलमा प्यारामाउण्टलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्ड च्याम्पियन बनेको हो। पहिलो सेटमा २१–२३ ले पछि परेको न्यु डायमण्डले खेलमा फर्कदै लगातार चार अंक जोडे पछि २५–२३ को सेटमा आफ्नो पक्षमा पारेको थियो । दोश्रो र तेश्रो सेटका न्यु डायमण्डले आयोजकलाई २५–१७ र २५–१४ मा रोक्दै च्याम्पियन बन्न सफल भयो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी न्यु डायमण्डकी बाल्मिका आचार्यले सर्वोकृष्ट खेलाडीको उपाधि जितिन् । उनले आर्कषक ट्रफि र नगद २ हजार हात पारिन् ।
बिद्यागततर्फ उत्कृष्ट स्पाईकरको उपाधि प्यारामाउण्टकी सृष्टि खड्कीले जितिन् । आयोजक प्यारामाउण्टकै अनिषा श्रेष्ठ उत्कृष्ट सेटर चुनिईन् । न्युडायमण्डकी रश्मिता दुराले उत्कृष्ट डिफेन्स, रिया कुवँरले उत्कृष्ट सर्भरको उपाधि हात पारे । उत्कृष्ट प्रशिक्षकको उपाधि न्यु डायमण्ड एकेडेमीका प्रिन्सिपल समेत रहेका प्रशिक्षक कुमार राईले हात पारे । बिद्यागततर्फका सवैले नगद १ हजार पनि प्राप्त गरेका थिए ।
त्यस्तै तेश्रो स्थानका लागि भएको खेलमा आयोजकको बी टिमले परोपकार नेपाललाई २५–२३,२१–२५,२५–२३,१९–२५ र १५–१० को सेटमा हरायो ।
उपाधि बिजेता टिम न्युडायमण्डले नगद २० हजार,उपबिजेता आयोजकले १५ हजार,तेश्रो हुने आयोजक बीले १० हजार र चौथो हुने टिमले फियर प्ले अवार्डका साथै नगद ५ हजार प्राप्त गरे ।
बिजेता टिम तथा खेलाडीलाई नेपाल भलिबल संघका महासचिव जितेन्द्रवहादुर चन्द, आयोजक प्यारामाउण्ट स्कुलका प्रिन्सिपल गोकर्ण लिम्बुलगायतले पुरस्कृत गरेका थिए ।