काठमाडौं । नेपाल भलिबल संघले विभिन्न २२ वटा कार्यक्रम समावेश गर्दै एक बर्षको बार्षिक क्यालेन्डर सार्वजनीक गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले ७ करोड ५० लाख रुपैयाँ बजेटको महत्वकाक्षी बार्षिक कार्यक्रम सार्वजनीक गरेको हो ।
क्यालेन्डर अनुसार संघले यस बर्ष एसियाली स्तरको एभिसि एशियन सिनियर सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिता आयोजना गर्नेछ । सो प्रतियोगिता साउन मसान्तदेखि भदौको पहिलो हप्ता भित्र काठमाडौंमा आयोजना गरिनेछ ।
संघले गत बर्ष सञ्चालन गर्ने नसकेको कार्यक्रमलाई समेत नयाँ क्यालेन्डरमा समावेश गरेको छ ।
सरकारले गत बर्ष भलिबल संघलाई करिब १३ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । राष्ट्रिय खेलको मान्यता पाएको संघले करिब ७ करोडको रुपैयाँका महत्वकाक्षी कार्यक्रमलाई समावेश गर्दै पत्रकार सम्मेलन गरेर सार्वजनीक गरेको हो ।
संघका महासचिव जितेन्द्रबहादुर चन्दले सरकारले सहयोग नगरेपनि प्रायोजक खोजेर क्यालेन्डरका कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।
संघकाे बार्षिक कार्यक्रम यस्ता छन् :
१. FIBV लेभल कोच कोर्स
२. राष्ट्रिय टिम प्रशिक्षण ( पुरुष)
३. भलिबल डे
४. छैटौं महिला र साथौँ पुरुष राष्ट्रिय बिच भालिबह प्रतियोगिता
५. ओलम्पिक डे भलिबल
६. राष्ट्रिय बिच भलिबल रेफ्री कोर्स
७. राष्ट्रिय रेफ्री / क्षेत्रिय रेफ़्रिङ कोर्स
८. एभीसी एसिएन सिनिएर सेन्ट्रल जोन पुरुष भलिबल
९. राष्ट्रिय टिम प्रशिक्षण ( महिला )
१०. पाँचौ एन भी ए / एन एस टी महिला राष्ट्रिय क्लब च्याम्पियनसिप
११. यु १७ राष्ट्रिय महिला / पुरुष भलिबल प्रतियोगिता
१२. एसियन सेन्ट्रल जोन महिला /पुरुष बिच भलिबल
१३. १३ औं राष्ट्रिय महिला एशियाली महिला / पुरुष भलिबल
१४. २४ औं राष्ट्रिय महिला भलिबल
१५. तेश्रो एन भी ए अवार्ड सेरेमोनी
१६. ३३ औं राष्ट्रिय पुरुष भलिबल
१७. अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल पुरुष / महिला
१८. पाँचौं RBB - NVA राष्ट्रिय पुरुष क्लब लिग
१९. पाँचौं RBB - NVA राष्ट्रिय महिला क्लब लिग
२०. प्रथम एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल
२१. पाँचाै एनभीए एनएसटी पुरुष राष्ट्रिय क्लब च्याम्पियनसिप
२२. एसियन रेफ्री क्यान्डिडेट काेर्स