काठमाडौं । पाँचौ संस्करणको केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशत्र प्रहरीको एपीएफ क्लबकी स्पाइकर सरस्वती चौधरी सर्वोकृष्ट खेलाडी बनेकी छिन् ।
एपीएफलाई उपाधि दिलाउन उत्कृष्ट खेल प्रदर्शन गरेकी सरस्वती प्रतियोगितामा सर्वोकृष्ट खेलाडी चुनिएकी हुन् । मंगलबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि जितेको थियो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेसंगै सरस्वतीले १५ हजार नगद र ट्रफी प्राप्त गरेकी छिन् ।
यस्तै विधागत तर्फ न्यु डायमण्ड एकेडमीकी प्रतिभा माली उत्कृष्ट स्पाइकर घोषित भईन् । प्रतिभाको उत्कृष्ट प्रदर्शनले न्यु डायमण्ड तेस्रो भएको थियो ।
त्यस्तै एपीएफकी हिरा केसी उत्कृष्ट ब्लकर,
एपीएफकी कप्तान विनिता बुढाथोकी उत्कृष्ट लिफ्टर,
एपीएफकी मनिषा तामाङ उत्कृष्ट डिफेन्स,
आर्मीकी सुनिता खड्का उत्कृष्ट क्वीकर,
आर्मीकी सोफिया पुन उत्कृष्ट सर्भर
र एपीएफका पुष्प मल्ल उत्कृष्ट प्रशिक्षक चुनिए ।
विधागततर्फ उत्कृष्ट हुनेले समान ५/५ हजार नगद र ट्रफी प्राप्त गरे ।प्रतियोगितामा आर्मीकी निरुता ठगुन्नाले शेरबहादुर खड्का स्पेसल अवार्ड प्राप्त गरिन् । उनले अवार्डसहित नगद १५ हजार प्राप्त गरिन् ।