काठमाडौं । होङ्गवान्जी न्यु डायमण्डले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ ।
मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै न्यु डायमण्डले तेस्रो स्थान हासिल गरेको हो ।
लगनखेलस्थित आर्मी कर्भडहलमा न्यु डायमण्डले पुलिसमाथि २५-२२,२५-१८ र २५-२२ को सेटमा जित निकाल्यो । प्रतियोगितामा तेस्रो भएसंगै न्यु डायमण्डले ५० हजार प्राप्त गरेको छ ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताको फाइनलमा भने एपीएफ र त्रिभुवन आर्मी क्लबबीच आज प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले १५÷१५ हजार पाउने छन् ।
विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन् ।