काठमाडौं । राजधानीमा जारी केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज (मंगलबार) एपीएफ र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । लगनखेलस्थित आर्मी कर्भडहलमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ ।
सोमबार भएको खेलमा आर्मीले पुलिस र एपीएफले न्यु डायमण्डलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो ।
आर्मीले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो भने एपीएफले न्यु डायमण्डलाई ३–० को सेटमा हराएको थियो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले १५÷१५ हजार पाउने छन् ।
विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन् ।