काठमाडौं । राजधानीमा जारी केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा दुई विभागिय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।
लगनखेलस्थित आर्मी कर्भडहलमा सोमबार भएको सेमिफाइनलमा जित निकाल्दै आर्मी र एपीएफले उपाधि भिडन्त पक्का गरेको हो । फाइनल खेल मंगलबार हुनेछ ।
सोमबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै एपीएफसंगको भेट पक्का गर्यो ।
प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो सेट गुमाएपनि आर्मीले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको थियो । आर्मीले पुलिसलाई २१-२५, २५-१८, २८-२६ र २५-१३ को सेटमा पराजित गर्यो ।
खेलमा आर्मीकी निरुता ठगुन्ना प्लेयर अफ दि म्याच चुनिए ।
यसअघि पहिलो सेमिफाइनलमा एपीएफले होङ्गवान्जी न्यू डायमन्ड एकेडेमीलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।
एपीएफले न्यू डायमन्डलाई २५–१६, २५–२० र २५–२६ को सेटमा पराजित गरेको थियो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले १५/१५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्।