काठमाडौं । विभागीय टिम एपीएफ क्लब राजधानीमा जारी केएनपी राष्ट्रिय महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ ।
लगनखेलस्थित आर्मी कर्भडहलमा सोमबार होङ्गवान्जी न्यू डायमन्ड एकेडेमीलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
एपीएफले न्यू डायमन्डलाई २५–१६, २५–२० र २५–२६ को सेटमा पराजित गर्यो ।
प्रतियोगितामा एपीएफ समूह 'ए' को विजेता र न्यु डायमन्ड समूह 'बी' उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
अब उपाधिका लागि एपीएफले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासंग खेल्ने छ ।