काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोलीका सदस्य मन बहादुर श्रेष्ठले जापानमा भलिबल प्रतियोगिता खेल्ने भएका छन् ।
ओपन स्पाईकर मन बहादुरले जापानमा आयोजना हुने पाँचौ सिल्भर रनिङ कप भलिबल खेल्ने भएका हुन् ।
गल्कोट स्पोर्ट्स क्लब टोकियोको आयोजनामा प्रतियोगिता बुधबार हुनेछ । एकदिने प्रतियोगितामा मन बहादुरले म्याग्दी प्रवासी नेपाली संघ मोना जापानबाट खेल्ने छन् ।
प्रतियोगिताको लागि म्याग्दीले बोलाएपछि आफु जापान आएको मन बहादुरले खेलपाटीलाई बताए । यस्तै मन बहादुरले प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकुदका लागि आफु नेपाल नेपाल आईपुग्ने बताए । उनि त्रिभुवन आर्मी क्लबका कप्तान समेत हुन् ।
तोडा स्पोर्ट्स सेन्टरमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ।
यस प्रतियोगिता गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बनाउन सहयोगार्थ हुन लागेको हो । प्रतियोगिताबाट उठेको रकम आयोजकले धुर्मुस सुन्तली फाउन्डेसनलाई प्रदान गर्ने छन् ।
यस्तै मन बहादुरले पनि रंगशाला निर्माणको लागि आफुले व्यक्तिगत ५ हजार नगद सहयोग प्रदान गर्ने बताए । उनले जापानबाट फर्किएपछि रकम हस्तान्तरण गर्ने बताए ।