काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले अन्तराष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
चितवनमा बिहिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
रत्ननगरमा भएको फाइनलमा पुलिसले आर्मीको चुनौती १८-२५, २५-२३,२५-१७ र २५-२५ को सेटमा पाखा लगायो ।
उपाधिसंगै पुलिस ३ लाख प्राप्त गर्दा उपविजेता आर्मीले १ लाख ५० हजारमा चित्त बुझायो ।
पन्चरत्न युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा पुलिसका रबिन चन्द उत्कृष्ट खेलाडी चुनिए । उनले ७ हजार नगद प्राप्त गरे ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकरमा आर्मीका धन बहादुर भट्ट, लिफ्टर पुलिसका ईम राना, ब्लकर आर्मीका हरि अधिकारी, लिब्रो भिम गाहा र प्रशिक्षकमा पुलिसका चन्द कुवर चुनिए । उनीहरुले जनही ५/५ हजार प्राप्त गरे ।