काठमाडौं । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुक्तिनाथ विकास बैंकले प्रायोजन गरेको छ ।
बैशाख दोस्रो साताबाट आयोजना हुने प्रतियोगिताका लागि मुक्तिनाथ विकास बैंकले एक बर्षे प्रायोजन गरेको हो ।
मुक्तिनाथ विकास बैंकका सीईओ प्रध्युमन पोखरेल र आयोजक शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका संरक्षक गमली खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै बैंकले प्रतियोगिताको विजेतालाई टिमलाई २ लाख उपलब्ध गराउने प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले जानकारी गराए ।
सम्झौतापछि बोल्दै बैंकका सीईओ पोखरेलले ग्रामिण तथा सहरमा कार्यरत बैंक भलिबलसंग जोडिएकोमा गौरवान्वित भएको बताए । यस्तै उनले बैंकका ब्राण्ड एम्बासडर धुर्मुस सुन्तलीले क्रिकेट मैदान बनाउन लागेको र त्यसमा आफुहरु पनि संग्लग्न भएर सहयोग गरिरहेको बताए ।
प्रतियोगिता बैशाख १४ देखि १७ सम्म संचालन हुनेछ । जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता बिजेताले २ लाख,उपबिजेताले १ लाख र तेश्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५÷१५ हजार प्राप्त गर्ने छन् । बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ७ हजार नगद प्राप्त गर्ने छन् ।
पाँचौ संस्करणमा प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचले नगद ५ हजार प्राप्त गर्ने छन् ।