काठमाडौं । पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई द रिगल इंकले प्रायोजन गरेको छ । बैशाख दोस्रो साताबाट आयोजना हुने प्रतियोगिताका लागि द रिगल इंकले प्रायोजन गरेको हो ।
द रिगल इंकका निर्देशक आशुतोष अग्रवाल र आयोजक शेरवहादुर खड्का स्मृति प्रतिष्ठानकी उपाध्यक्ष सिता खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौतासंगै इंकले उपाधि बिजेता टिमका सदस्यलाई ४ लाख ५६ हजार बराबरको १६ जोर सुटपिस उपलब्ध गराउने छन् ।
प्रतियोगिता बैशाख १४ देखि १७ सम्म संचालन हुने प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले जानकारी गराए । जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता बिजेताले २ लाख,उपबिजेताले १ लाख र तेश्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरवहादुर खड्का स्पेशल अवार्ड बिजेताले जनही १५÷१५ हजार प्राप्त गर्ने छन् । बिद्यागततर्फ वेष्ट स्पाईकर, वेष्ट सेटर,बेष्ट ब्लक,बेष्ट डिफेन्स,बेष्ट क्विकर,बेष्ट सर्भर र बेष्ट कोचले जनहि ७ हजार नगद प्राप्त गर्ने छन् ।
पाँचौ संस्करणमा प्रतियोगिताको प्रत्येक खेलको वमन अफ द म्याचले नगद ५ हजार प्राप्त गर्ने छन् ।