काठमाडौं । आइएसएप वल्ड यू–१५ महिला भलिबलको पहिलो खेलमा नेपालको न्यु डायमण्ड एकेडेमी पराजित भएको छ ।
क्रोएसियामा भएको पहिलो खेलमा न्यु डायमण्ड नेदरल्याण्डको टिमसंग २–० को सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेट २५–७ ले गुमाएको न्यु डायमण्डले दोस्रो सेट २५–२० ले गुमाएको थियो । न्यु डायमण्डका प्रशिक्षक कुमार राईले पहिलो सेटमा खेलाडी आत्तिएको बताए ।
‘हामीले खेल्ने र यहाँको भौतिक पूर्वाधर धेरै भिन्नता छ । खेलाडी अत्तिए जसले गर्दा पहिलो सेटमा भने जस्तो खेल खेल्न नसेकेको हो । म खुसी छु, त्योे स्तरको खेलमा हाम्रा खेलाडीले कडा प्रतिस्पर्धा गदै २० स्कोरसम्म गर्न सके ।’ उनले भने ।
नेपालको प्रतिनिधित्व गरेको न्यु डायमण्डले सोेमवार फ्रान्ससँग खेल्ने छ ।