काठमाडौं । विभागीय टिम एपीएफले सातौं संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
शुक्रबार घरेलु मैदानमा भएको खेलमा एपीएफले विद्यालयस्तरीय टिम न्यु डायमण्डलाई ३–० को सोझो सेटमा हराएको हो ।
उपाधिसंगै एपीएफले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता न्यु डायमण्डले १ लाख २५ हजार रुपैयाँमा चित्त बुझायो ।
न्यु डायमण्डलाई सहजै सिकार बनाउने क्रममा एपीएफले २५–१२, २५–११ र २५–११ को सेटमा जित दर्ता गर्यो ।
यो संगै एपीएफको महिला टिमले बर्षको दसौ उपाधि हात पार्न सफल भएको छ ।
तेस्रो स्थानको खेलमा पुलिस विजयी बन्यो । पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्यो ।
पहिलो सेट २५–१८ ले जितेको पुलिसले दोस्रो र तेस्रो सेट लगातार २५–१७ र २५–१३ ले गुमाएको थियो । त्यसपछि खेलमा उत्कृष्ट पुनरागमन गर्दै पुलिसले २५–२३ र १५–१३ सेटको जित निकाल्दै तेस्रो स्थान हात पारेको हो ।
तेस्रो बनेको पुलिसले ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
एपीएफले यस बर्ष जितेकाे उपाधि :
शेर बहादुर स्मृति – बैशाख
सभामुख कप पाेखरा – बैशाख
सभामुख कप राेल्पा – जेठ
आरवीवी एनभीए लिग – साउन
तिज कप – भदौ
२२ औँ राष्ट्रिय प्रधानसेनापति कप – असोज
दोस्रो होङ्गवान्जी न्यू डाइमन्ड च्याम्पियनसिप – पुष
१४ औँ ढोरपाटन लिग – माघ
दिदि बहिनी कप – फागुन
सशस्त्र प्रहरी बल महानिरीक्षक भलिवल - चैत