काठमाडौं । सातौं संस्करणको सशस्त्र प्रहरी बल महानिरीक्षक महिला राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक एपीएफ र होङ्गबान्जी न्यु डायमण्ड एकेडेमी भिड्ने भएका छन् ।
बिहीबार बिहान हल्चोकस्थित एपीएफको कोर्टमा भएको खेलमा एपीएफले अर्काे विभागीय टिम नेपाल पुलिस र न्यु डायमण्डले अर्काे विभागीय त्रिभुवन आर्मीलाई समान ३–१ सेटले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।
यसअघि पुसमा भएको दोस्रो होङ्गवान्जी न्यु डायमण्ड कप र फागुनमा भएको दिदी बहिनी भलिबल कपको फाइनलमा दुबै क्लब प्रतिस्पर्धा गरेका थिए । दुवै खेलमा एपीएफ विजयी बनेको थियो ।
यस सिजन एपीएफको महिला भलिबल टिमले आठौ पटक फाइनल जितेको छ । एक प्रतियोगितामा मात्र उपविजेता बनेको छ ।
बिहिबार भएको रोमाञ्चक खेलमा एपीएफले पुलिसलाई २५–२३, २५–१७, १८–२५ र २५–१२ को सेटमा पराजित गर्यो ।
अर्को खेलमा न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई २५–२३, २३–२५, २५–२१ र २५–२० को सेटमा पराजित गर्यो ।
फाइनल खेल भोली (शुक्रबार) विहान हुनेछ ।
यस्तै तेस्रो स्थानको लागि नेपाल पुलिस र त्रिभुवन आर्मी क्लब भिड्नेछन् ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख २५ हजार रुपैयाँ र तेस्रो हुनेले ५० हजार रुपैयाँ पाउने छ ।
विधागततर्फ उत्कृष्ट स्पाईकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले जनही ५ हजार पाउने छन् ।
महिला भलिबलमा एपीएफ २०७५
विजेता
शेर बहादुर स्मृति – बैशाख
सभामुख कप – बैशाख
आरवीवी एनभीए लिग – साउन
तिज कप – भदौ
२२ औँ राष्ट्रिय प्रधानसेनापति कप – असोज
दोस्रो होङ्गवान्जी न्यू डाइमन्ड च्याम्पियनसिप – पुष
१४ औँ ढोरपाटन लिग – माघ
दिदि बहिनी कप – फागुन
उपविजेता –
आदिअवादी लिग – असोज