काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा पहिलो जित दर्ता गरेका छन् ।
हल्चोकस्थित एपीएफको कोर्टमा मंगलबार आर्मीले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो । आर्मीले ढोरपाटनलाई २५-५,२५-७ र २५-४ को सेटमा पराजित गर्यो ।
यसअघि पहिलो खेलमा आर्मी आयोजक एपीएफ क्लब पराजित भएको थियो । ढोरपाटनले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यस्तै पुलिसले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-० कै सोझो सेटमा पराजित गर्यो । पुलिसले जावलाखेललाई २५-८,२५-१५ र २५-१३ को सेटमा पाखा लगायो । यसअघि पहिलो खेलमा पुलिस न्यू डायमण्ड एकेडमीसंग पराजित भएको थियो ।
प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले २ लाख ५० हजार नगद पाउँदा उपविजेताले १ लाख २५ हजार प्राप्त गर्ने छन् । यस्तै तेस्रोले ५० हजार पाउने छन् ।
विधागततर्फ उत्कृष्ट स्पाईकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले जनही ५ हजार पाउने छन् ।