काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल, पन्ध्रौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुुल्ला व्याडमिन्टन र एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता चैत दोस्रो साताबाट आयोजना हुने भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल केन्द्रिय खेलकुद समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै तीन प्रतियोगिता चैत १० गतेबाट १५ सम्म आयोजना हुने जनाएको छ ।
महिला भलिबलतर्फ ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् । भलिबलमा आयोजक एपीएफ,त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब, न्यू डायमण्ड एकेडमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र ढोरपाटन स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
भलिबलतर्फको विजेताले २ लाख ५० हजार नगद पाउँदा उपविजेताले १ लाख २५ हजार प्राप्त गर्ने छन् । यस्तै तेस्रोले ५० हजार पाउने छन् ।
विधागततर्फ उत्कृष्ट स्पाईकर, उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले जनही ५ हजार पाउने छन् ।
ब्याडमिन्टनतर्फ ९ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । जसमा एकल पुरुष, एकल महिला, पुरुष युगल, महिला युगल, १७ बर्ष मुनि पुरुष, १७ बर्ष मुनि महिला, मिक्स डबल्स, भेट्रान्स युगल ४५ बर्ष, भेट्रान्स ५५ बर्ष र मास्टर ३५ बर्ष माथि युगलमा प्रतिस्पर्धा हुनेछ ।
ब्याडमिन्टनतर्फ पुरुष एकलमा पहिलो हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ तथा क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने छन् ।
महिला एकलमा पहिलो हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले साँढे १२ हजार पाउने छन् ।
लनटेनिसतर्फ १२ इभेन्टमा प्रतिस्पर्धा हुनेआयोजकले जनाएको छ । जसमा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, ३५, ४५ र ५५ वर्षमाथि भेट्रान्स एकल र भेट्रान्स युगल तथा ६५ वर्षमाथि भेट्रान्स एकल तथा इन्टर गभर्मेन्टल सर्भिसतर्फ मास्टर एकल र मास्टर युगल इभेन्ट्सहरु समावेश रहेका छन् ।
लनटेनिसतर्फ पुरुष एकलमा पहिलो हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले १०÷१० हजार रुपैयाँ र क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
महिला एकलमा पहिलो हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले १०÷१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।