काठमाडौं । काठमाडौंका प्रवीण शाक्य र तनहुँका सुजन ज्वारचनले प्रथम साकुरा राष्ट्रिय स्नुकर च्याम्पियनसिपमा शुक्रबार सफलता पाएका छन् ।
प्रवीणले काठमाडौंका सागर चित्रकार तथा सुजनले काठमाडौंकै विजय महर्जनलाई समान ३–० को फ्रेममा पराजित गरे ।
त्यसैगरी, कास्कीका नवीन राणाले काठमाडौंका तेन्जिङ शेर्पालाई ३–२, काठमाडौंका विनयसिंह ठकुरीले काठमाडौंका सुमेश लामालाई ३–१, ललितपुरका सुरेश डंगोलले ललितपुरका प्रज्ज्वल कार्कीलाई ३–१, काठमाडौंका दोर्जे शेर्पाले रुपन्देहीका वीरेन शाक्यलाई ३–० र काभ्रेका निर्माण बोगटीले काभ्रेका नितेश राजभण्डारीलाई ३–१ ले पाखा लगाए ।
यस्तै रुपन्देहीका सारङ राणाले काठमाडौंका सूर्यबहादुर सुनुवारलाई ३–१, काभ्रेका विक्रम तामाङले काठमाडौंका दीपु शाक्यलाई ३–२ र ललितपुरका सन्दिप मगरले काठमाडौंका रामकाजी काफ्लेलाई ३–१ को फ्रेममा हराए ।
काठमाडौंका निश्चल तामाङले सुनसरीका विकास गुरुङलाई ३–१, काठमाडौंका श्याम खड्गीले सिन्धुपाल्चोकका छेङगा लामालाई ३–१, तनहुँका अमिर श्रेष्ठले ललितपुरका निकेन महर्जनलाई ३–१ र ललितपुरका तेन्जिङ शेर्पाले काठमाडौंका बविन प्रधानलाई ३–२ ले हराए ।
त्यस्तै ललितपुरका सक्षम श्रेष्ठले ललितपुरका मन्डिद महर्जनलाई ३–१, काठमाडौंका लबु प्रजापतिले काठमाडौंका राजु उप्रेतीलाई ३–१ र सिन्धुपाल्चोकका समुन्द्र लामाले मकवानपुरका प्रयास कर्माचार्यलाई ३–० ले पाखा लगाए ।
प्रतियोगितामा १ सय २८ खेलाडीको सहभागिता रहेको नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघका अध्यक्ष सरोजकुमार मुल्मीले जनाएका छन् ।
विजेताले १ लाख १० हजार र उपविजेताले ४० हजार नगद पुरस्कार पाउने छन् ।