काठमाडौं । चिल्ड्रेन मोडेल स्कुलले आठौं नेसनल युनाइटेड उपत्यकाव्यापी गोजु–काइ कराते प्रतियोगिताको उपाधि जितेको छ । टिम च्याम्पियन चिल्ड्रेन मोडेलले ६ स्वर्ण, १ रजत र १ कांस्य जित्न सफल रह्यो ।
हात्तीगौडास्थित नेसनल युनाइटेड स्कुलद्वारा आयोजित प्रतियोगितामा ४ स्वर्ण, ६ रजत र ३ कांस्यसाथ नव ज्ञान भूमि दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको श्री बाँसवारी स्कुलले ३ स्वर्ण, २ रजत र ८ कांस्य हात पार्यो ।
पुरुषमा नेसनल युनाइटेडका निकोन राई तथा महिलामा द चाँदबाग स्कुलकी आयुशी अधिकारी उत्कृष्ट खेलाडी घोषित भए । दुई दिने प्रतियोगितामा विभिन्न डोजो र विद्यालय गरी ३० टिमका २ सय ४६ खेलाडीले विभिन्न १९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।