काठमाडौं । सिद्धार्थ बनस्थली नवौं लोयल्टी कप उपत्यकाव्यापी अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेको छ ।
दोश्रो सेमिफाइनलमा सिद्धार्थ बनस्थलीले नेक्ससलाई २–१ गोलले पराजित गर्यो । सिद्धार्थ बनस्थलीका कृष थापा मगर र जेनिश रेग्मीले गोल गरे । नेक्ससका मनीष बरियाले १ गोल फर्काए । मनीष नै ‘म्यान अफ द म्याच’ घोषित भए ।
फाइनलमा सिद्धार्थ बनस्थलीको भेट डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) स्कुल संग हुनेछ । मंगलबार भएको पहिलो सेमिफाइनलमा एलएले आयोजक लोयल्टी ‘बी’ लाई २–० गोलले हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
फाइनल बिहीबार हुनेछ ।