काठमाडौं । गोकर्णेश्वर नगरपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।
नयाँपाटी स्थित बालसुधार माबिको खेल मैदानमा सुरु प्रतियोगितामा गोकर्णेश्वर नगरपालिका भित्रका ३५ सामुदायीक तथा निजी विद्यालयले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल र कबड्डी खेलहरू हुनेछन् । एथलेटिक्सतर्फ १०० मिटर,२०० सय मिटर,१०० मिटर रिले, क्रस कन्ट्री ३ हजार मिटर, शटपुट,जाभ्लिन थ्रो,लन जम्प, हाई जम्प र ट्रिपल जम्पमा प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्स खेलको निर्णायक मण्डलीमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर रहेका छन् ।
तीन दिन चल्ने प्रतियोगिताको विजेता विद्यालय र विद्यार्थीले शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् ।
प्रतियाेगिताकाे उद्घाटन काठमाडौं ३ का संघीय सांसद कृष्ण राईले गरेका थिए ।
